
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । फ्रान्सले साइबर आक्रमणबाट समस्याग्रस्त कम्प्युटरहरू सफा गर्ने अभियान सुरु गरेको बरिष्ठ फ्रान्सेली अधिकारी लोरा बेक्आउले बताउनुभएको छ ।
जुलाई १८ बाट सुरु भएको अभियानले सर्भर नियन्त्रणमा लिई समस्या समाधान गर्न सफल भएको बताउनुभयो । उहाँले यस अघिनै अभियानमार्फत समस्याग्रस्त युरोपेली देशलाई सहयोग गरेको र अभियान लामो समयसम्म चल्ने विश्वास दिलाउनुभयो ।
उहाँले पेरिस ओलम्पिकका लागि खतराको उल्लेख नगरे तापनि गत हप्ता फ्रान्सेली सरकारको साइबर सुरक्षा निकायले शुक्रबारको खेलमा आक्रमण हुनसक्ने चेतावनी भने दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij