
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
बुधबार तोलामा एक हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij