Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

घाइते पाइलटको मेरुदण्डको अपरेशन गरिँदै

घाइते पाइलटको मेरुदण्डको अपरेशन गरिँदै

  • काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको मेरुदण्डको अपरेशन गरिएको छ ।

    सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मेरुदण्डको अपरेशनका लागि अपरेशन थिएटरमा लगिएको एक चिकित्सकले जानकारी दिए ।

    त्यस्तै उनको टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेशन गर्नुपर्ने ती चिकित्सकले बताए ।

    अस्पतालका हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, फिजिसियनलगायत विशेषज्ञ चिकित्सकले उनको स्वास्थ्य जाँच गरिरहेका छन् ।

    बुधबार काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने घाइते अवस्थामा उद्दार गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij