Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कुलेश्वर घटनाको खास खुलासा

कुलेश्वर घटनाको खास खुलासा

  • काठमाडौं । काठमाडौंको बल्खुमा तीन जना पैदलयात्रीलाई ठक्कर दिने कारका चालकले लागुऔषध सेवन गरेको पाइएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार चालक भुपेन्द्र श्रेष्ठले लागुऔषध सेवन गरेर कार चलाएको खुलेको छ ।

    images
    images
    images

    सोमबार साँझ बा ११ च ५९१६ नम्बरको कारले सोमबार साँझ सडक पेटीमा हिँडिरहेका तीन यात्रुलाई ठक्कर दिएको थियो ।

    घटनामा भारतको मोतिहारी घर भइ हाल डल्लु बस्ने १८ वर्षिय प्रियन्सु कुमार, कुलेश्वरका २५ वर्षिय भोला कुमार र १९ वर्षिय श्याम बाबु ठाकुर घाइते भएका थिए । उनीहरूको बल्खुस्थित बयोद्या अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार श्रेष्ठको स्वास्थ्य परीक्षण गर्दा औषधिजन्य लागुऔषध बेन्जोडियाजेपाइन्स सेवन गरेको पाइएको हो । साथै, कारभित्रबाट नाइट्राभेट पनि भेटिएको छ ।

    प्रहरीले लागुऔषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिई सवारी अंगभंग सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij