Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्थानीय तहको वित्तीय अनुशासन बेवास्ता गर्दा बेरुजु रकम बढ्यो

स्थानीय तहको वित्तीय अनुशासन बेवास्ता गर्दा बेरुजु रकम बढ्यो

  • काठमाडौं । डोल्पाका आठवटै स्थानीय तहले वित्तीय अनुशासनको ख्यालै नगरी सरकारी बजेट खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासन बेवास्ता गरी सरकारी रकम जथाभावि दुरुपयोग गरेको पाइएको हो । 

    images
    images
    images

    दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको डोल्पामा करार कर्मचारी नियुक्तिमा पेस भएको बिल भर्पाइभन्दा धेरै भुक्तानी भएको पाइएको छ । खरिद नियमावलीविपरीत सामग्री खरिद गरिएको देखिन्छ । त्यस्तै इन्धन, खाना खर्च तथा जनप्रतिनिधिको सेवा सुविधामा मनपरि ढंगले विकास बजेट खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

    विकास बजेट भागबन्डा गर्ने, अनावश्यक भ्रमण गर्ने, परामर्शदाताका नाममा मिलोमतोमा करोडौं भुक्तानी गर्ने र आवश्यक कागजात बिना नै करोडौं भुक्तानी गरेको पाइएको छ । त्यतिमात्र नभइ पालिकाका कर्मचारीका नाममा लाखौं पेस्की रकम दिने र उक्त रकम व्यक्तिगत खातामा हालेर सरकारी कार्यक्रम चलाउने गरेको समेत महालेखाले जनाएको छ ।

    महालेखाका अनुसार डोल्पाका आठ स्थानीय तहको कुल बेरुजु रकम १ अर्ब, ८६ करोड ४० लाख ४० हजार रुपैयाँ रहेको पाइएको छ । ८ पालिकामध्ये सबै भन्दा बढी ठुलीभेरी नगरपालिकामा बेरुजु रकम बढी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij