Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

प्रहरीसँगको भिडन्तमा १२ माओवादी मारिए

प्रहरीसँगको भिडन्तमा १२ माओवादी मारिए

  • काठमाडौं । महाराष्ट्रको गडचिरोलीमा प्रहरीसँगको भिडन्तमा १२ माओवादी मारिएका छन् । यो भिडन्त छत्तीसगढ र महाराष्ट्रको सीमा क्षेत्रमा भएको हो ।

    गडचिरोलीको झारवण्डी थाना अन्तर्गत छिन्दभट्टी र छत्तीसगढको बन्दे काँकेर थानाको बीचको जंगलमा दिउँसो १.३० देखि प्रहरी र माओवादीको बटालियनबीच भिडन्त भएको थियो ।

    भिडन्तमा एक प्रहरीलाई पनि गोली लागेको बताइएको छ । समाचार एजेन्सीका अनुसार दिउँसो सुरु भएको भिडन्त साँझसम्म जारी रहेको थियो ।

    छत्तीसगढ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षबीच छ घण्टासम्म गोली हानाहान भएको थियो । त्यसपछि उक्त क्षेत्रमा खोजी गरिएको थियो । खोजीका क्रममा हालसम्म १२ माओवादीको शव बरामद भएको छ । यसबाहेक ३ एके ४७, एक कार्बाइन, एक एसएलआर सहित सात वटा स्वचालित हतियार पनि बरामद गरिएको छ ।”

    महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणविसले माओवादीसँगको भिडन्तमा १२ नक्सलवादी मारिएको बताएका छन् । महाराष्ट्र सरकारको तर्फबाट उनले गडचिरोली प्रहरीलाई ५१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij