Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरे थप शुल्क लाग्ने

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरे थप शुल्क लाग्ने

  • काठमाडौं । अब व्यावसायिक कारोबारबाट प्राप्त आम्दानी व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयकबाट ल्याइएको यो व्यवस्था साउन १ गतेबाट लागू भएको हो । 

    images
    images
    images

    कुनै कम्पनी वा व्यक्तिले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरेमा थप शुल्क वा जरीवाना लाग्ने व्यवस्था गरिएको छ । 

    त्यस्तै कुनै पनि कम्पनीको बैंक खाताको विवरण कर कार्यालयले लिन सक्ने नयाँ व्यवस्था गरिएको छ । यसका लागि व्यवसायको नाममा खोलिएका सम्पूर्ण बैंक खाताहरू अनलाइन सिस्टममा अद्यावधिक गर्ने गरी नयाँ प्रावधान ल्याउन सकिने आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।

    मूल्य अभिवृद्धिकरको विवरण समयमा नबुझाएमा आयात–निर्यात रोक्का गर्न सकिने प्रावधान पनि ल्याइएको छ । कुनै अन्तरराष्ट्रिय व्यापार गर्ने व्यवसायीले मूल्य अभिवृद्धिकर बुझाउनुपर्ने म्याद सकिएको ४ महीनासम्म विवरण नबुझाएमा आयात–निर्यात रोक्न सक्ने गरी यस्तो व्यवस्था गरिएको आन्तरिक राजस्व विभागका निर्देशक आनन्दकुमार गुप्ताले बताए । सेवा व्यापारका लागि मूल्य अभिवृद्धिकर (भ्याट) को थ्रेसहोल्ड बढेको छ । यसअघि वार्षिक २० लाखसम्मको कारोबार गर्दा भ्याटमा दर्ता हुनु पर्दैन थियो । अब भने यस्तो सीमा ३० लाख पुर्‍याइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij