
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव १८ अंकले बढेर २३१० दशमलव ५९ को विन्दुमा पुगेको छ ।
आज ३१५ कम्पनीको १ लाख १९ हजार ११ पटकको कारोबारमा २ करोड ५८ लाख ३६ हजार २ सय ८५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२ रुपैयाँ रहेको छ ।
सेन्सेटिभ इन्डेक्स १२ दशमलव ३३ अंकले बढ्दा फ्लोट इन्डेक्स ५ दशमलव ०६ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ३३ अंकले बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij