Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आफू मरेर पनि यात्रुलाई बचाउने ड्राइभर मेघराजको बिदाइ...!

आफू मरेर पनि यात्रुलाई बचाउने ड्राइभर मेघराजको बिदाइ...!

  • काठमाडौं । आफ्नो बलिदान गरेर पनि यात्रुहरूलाई भने सुरक्षित राख्ने चालकको अन्तिम बिदाइ गरिएको छ । नवलपरासी घर भएका ३६ वर्षीय मेघराज विकको अन्त्येष्टि गरिएको हो ।

    images
    images
    images

    आफ्नो ज्यान हत्केलामा राखेर प्राण त्याग्दै यात्रु बचाउने ड्राइभरको मेघराजको बिदाइमा सयौँ मलामी सहभागी भए । मलामीहरूले साहसी चालक अमर रहुन’ भन्दै उनको बीरताको प्रशंसा गरे ।

    मेघराज विकले आफू घाइते भएर पनि आफूले चलाइरहेको ३० बढी यात्रु सवार गाडीलाई ५० मिटर पर लगेर ब्रेक लगाउँदै रोकेका थिए । जसकारण गाडीमा सवार सबै यात्रु सकुशल रहन पाए । त्यही दिन सोही सडकखण्डमा २ वटा गाडी पहिरोले पुरेर त्रिशूलीमा परेको थियो ।

    यता मेघराजले भने यात्रु बचाउन सफल भए । उनले अन्तिम समयसम्म पनि आफूहरूलाई बचाउन संघर्ष गरेको यात्रुहरूले बताएका छन् ।
    ‘‘ठुलो ढुंगाले लागेर गुडिरहेको बसको सन्तुलन खलबलिएको थियो ।

    चालकको टाउकोबाट भलभली रगत बगिरहेको थियो । उनले आफ्नो प्राण जाने अन्तिम समयसम्म पनि हाम्रो ज्यान बचाउन संघर्ष गरिरहेका थिए । गाडिलाई निकै अगाडि सुरक्षित ठाउँमा लगेर रोके’’ यात्रुहरू भन्छन् ।

    यस्तो थियो घटना

    निरन्तर वर्षाका बीच लु २ ख ६५६६ नम्बरको बस बिहीबार राति रुपन्देहीको बुटवलबाट ३० जनाभन्दा बढी यात्रु लिएर काठमाडौँका लागि प्रस्थान गरेको थियो । बस शुक्रबार बिहान ३ बजेतिर नारायणगढ–मुग्लिन सडकमा पुग्यो ।

    चितवनको भरतपुर २९ स्थित १७ किलो भन्ने स्थानमा माथिबाट सडकमा लेदोमाटो झरिरहेको थियो । रातको समय भएकाले अँध्यारो थियो ।

    चालक विकले बसको गति केही कम गरे । त्यही बेला एक्कासि लेदोसहितको ढुङ्गा चालक विकको टाउकोमा बज्रियो । तर, उनले गाडी रोकेनन् । गाडी अगाडि बढाए ।

    झन्डै ५० मिटर पर पहिलोको जोखिम नभएको ठाउँमा लगेर रोके । टाउको फुटेको समयमा समेत उनले घुम्तीसहितको भीरको बाटोको गाडी ठीक तरिकाले अगाडि बढाए । र ब्रेक समेत लगाएर रोके ।

    विकले घुम्तीमा राम्रोसँग चलाएर अगाडि लगेर ब्रेक लगाउन भ्याएकै कारण बस रोकियो । सवार ३० जनाभन्दा बढीको ज्यान जोगिएको थियो ।

    उनको टाउकोबाट धेरै रगत बग्न थालेको थियो । उपचारका लागि विकलाई चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज लग्नासाथ मृत घोषणा गरिएको थियो । बसमा सवार सबै यात्रु सकुशल रहन पाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij