Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

चुनावी र्‍यालीमा ट्रम्प माथि गोली प्रहार !

चुनावी र्‍यालीमा ट्रम्प माथि गोली प्रहार !

  • काठमाडौं । पेन्सिलभेनियामा भएको चुनावी र्‍यालीमा कानमा गोली लागेर जोगिएका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    अमेरिकास्थित बीबीसीको समाचार साझेदार सीबीएस न्यूजले यसको पुष्टि गरेको छ । ट्रम्प कहाँ गएका छन् भन्ने अझै स्पष्ट भइसकेको छैन तर, चुनावी र्‍यालीपछि उनको न्यु जर्सीस्थित घर जाने योजना थियो ।

    यसबाहेक पूर्व राष्ट्रपतिले आइतबार विस्कन्सिनको मिलवाकीमा हुने रिपब्लिकन राष्ट्रिय सम्मेलनमा पनि जाने योजना बनाएका छन् ।

    उनको अभियानले योजना अनुसार मिलवाउकी जाने कुरा पुष्टि गरेको छ । महाधिवेशनमा उनलाई रिपब्लिकन पार्टीको आधिकारिक राष्ट्रपति उम्मेदवार घोषणा गरिने छ ।

    ट्रम्पले सोमबारदेखि सुरू हुने महाधिवेशनमा आफ्नो उपराष्ट्रपतिको उम्मेदवार पनि छनोट गर्ने योजना बनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij