Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

ओपोद्वारा नयाँ मोडल ओपो ए१५ सार्वजनिक, कति पर्छ मूल्य ?

ओपोद्वारा नयाँ मोडल ओपो ए१५ सार्वजनिक, कति पर्छ मूल्य ?

  • ललितपुर । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट, ओपो ए१५ सार्वजनिक गरेको छ । ओपो ए१५ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीको दावी छ । एआई ट्रिपल क्यामेरा र ६।५२”को ठूलो स्क्रिन सुसज्जित ओपो ए१५ले स्पष्ट र सटिक तस्विर खिच्नुका साथै ठूलो डिस्प्ले मार्फत अभूतपूर्व अनुभवपनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।  लामो समय सम्म टिक्ने ब्याट्रीका साथै प्रशस्त संचय क्षमता सहितको ओपो ए१५को डिजाइन प्रयोगकर्तालाई विना रुकावट फोनको मज्जा लिन सकुन् भन्ने सोचका साथ गरिएको छ ।

    images
    images
    images

    “उपभोक्ताको मोबाइल लाइफस्टाइलका लागि आवश्यक हरेक फिचर्स उपलब्ध गराउने ओपो ए१५ सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “ओपो ए१५मा रहेका एआई ट्रिपल क्यामेराको सहायताले उत्कृष्ट तस्विर खिच्न सक्नुका साथै, यसमा रहेको ६।५२”को ठूलो स्क्रिनमा एचडींको मज्जा समेत लिन सकिन्छ । फोनले तपाईँका आफन्त र मित्रजन संग निरन्तर सम्पर्कमा रहिरहनपनि उत्तिकै सहयोग गर्नेछ ।”

    images

    ओपो ए१५मा रहेका एआई ट्रिपल क्यामेराले सटिक तस्विर खिच्न सघाउँछ । प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चित गर्न सधाउन यसमा १३एमपी क्षमताको मुख्य क्यामेरा र ४सीएम सम्मका क्लोज शट्स खिच्न यसमा २एमपी क्षमताको माक्रो लेन्सको समेत ब्यवस्था गरिएको छ भने पोटे«ट तस्विरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २एमपी डेप्थ क्यामेरापनि जडान गरिएको छ ।

    दैनिकीका पलहरु कैद गर्न ओपो एफ१५मा अझ बढी सुविधाहरु दिइएको पनि बताइएको छ ।  
    तीव्रगतिको कार्य क्षमताका लागि ओपो ए१५मा ३ जीबी ¥यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले संगीत, भिडियो तथा गेम्सका लागि आफ्नो आवश्यकता अनुसार यसलाई २५६जीबी सम्म बढाउन सक्ने सुविधापनि प्रदान गरिएको छ । फोनमा रहेको मिडियाटेक हेलियो पी३५ मिडियाटेक हेलियो पी३५ ओक्टा९कोर प्रोसेशर सहितको ओपो ए१५ले ब्याट्री मितब्ययीताका साथ सहज, तिब्र र विश्वासिलो कार्य सम्पादन सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

    माघ ५ गतेदेखि ओपोका प्रमुख विक्रि केन्द्र मार्फत फोन देशभर उपलब्ध गराइएको जनाइएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन् भने  मूल्य रु। १८ हजार ५ सय ९० निर्धारण गरिएको छ । 

    images


    रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij