Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्री लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदको हस्ताक्षर

मुख्यमन्त्री लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदको हस्ताक्षर

  • काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । 

    images
    images
    images

    मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो । शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको काग्रेस प्रदेशसभाका एक सदस्यले बताएका छन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।

    images

    आर्थिक वर्ष ०८२-०८३ को बजेट निर्माणका क्रममा मन्त्री, सांसदबीच विवाद चुलिएको थियो । उनको कार्य शैलीप्रति कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत चर्चा पाएको थियो । उनलाई हटाउन कांग्रेसभित्रै आवाज उठ्दै आएको थियो । 

    कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री रहन्छन् । अविश्वासको प्रस्तावले सार्थकता पाए बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तन हुनेछ । बागमती प्रदेशमा  कांग्रेसबाट ३७ जना निर्वाचित सदस्य छन् । कांग्रेस बागमती प्रदेशसभाको सबै भन्दा ठूलो दल हो ।

    बागमती प्रदेश सभापति इन्द्र बाँनियाले लामाप्रति असन्तुष्टि बढेको प्रतिक्रिया दिएका छन् । २१ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर भएको उनको दाबी छ ।

    images

    यता लामा नेतृत्व बागमती प्रदेश सरकारका चारजना मन्त्रीले राजीनामा दिएका छन् । सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री  विमल ठकुरी, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा पदबाट राजीनामा दिएका हुन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij