Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अष्ट्रेलियामा आफ्नै तीन छोराछोरीलाई घरमा आगो लगाएर हत्या

अष्ट्रेलियामा आफ्नै तीन छोराछोरीलाई घरमा आगो लगाएर हत्या

  • काठमाडौं । एक अस्ट्रेलियाली व्यक्तिमाथि आफ्ना तीन छोराछोरीको हत्या गरेको र घरमा आगो लगाएर परिवारका सबै सदस्यलाई मार्ने प्रयास गरेको आरोप लागेको छ ।

    आइतबार बिहान सिड्नी क्षेत्रमा भएको यो घटनामा आगलागीमा परी पाँच महिनाकी बालिका, दुई साढे वर्षका र ६ वर्षका बालकको मृत्यु भएको हो ।

    साढे दुई वर्षको बालक निकै गम्भीर अवस्थामा घरबाट बाहिर निस्कन सफल भएका थिए । उनलाई अस्पताल लगियो तर बचाउन सकिएन ।

    छिमेकी र आकस्मिक सेवाहरूले बाँकी सदस्यहरूलाई सुरक्षित रूपमा घरबाट बाहिर निकाल्ने प्रयास गरे । चार, सात र ११ वर्षका तीन बालक र एक नौ वर्षीया बालिका आफ्नी आमासँगै बाँचे ।

    २८ वर्षीय पुरुषमाथि तीनवटा हत्या, पाँच वटा ज्यान मार्ने प्रयास र एक सम्पत्ति नष्ट गरेको आरोप छ । अष्ट्रेलिया सरकारले घरेलु हिंसालाई ‘राष्ट्रिय संकट’ घोषणा गरेको बेला यो खबर आएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij