Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

धनगढी उपमहानगरको  ‘एक वडा एक आर्थिक केन्द्र’ सञ्चालन गर्ने योजना

धनगढी उपमहानगरको  ‘एक वडा एक आर्थिक केन्द्र’ सञ्चालन गर्ने योजना

  • काठमाडौं । धनगढी उपमहानगरले  ‘एक वडा एक आर्थिक केन्द्र’ सञ्चालन गर्ने भएको छ । उपमहानगरले स्थानीय उत्पादनलाई स्थानीय स्तरमै खपत गराउन उद्योग कार्यनीति अन्तर्गत  ‘एक वडा एक आर्थिक केन्द्र’ सञ्चालन गर्न लागेको हो ।

    images
    images
    images

    उपमहानगरभित्रका हरेक वडामा आर्थिक गतिविधि बढाएर स्थानीय उत्पादनको स्थानीय स्तरमै खपत गराउन सो नीती विकास गरिने उपमहानगरले जनाएको छ । दलित तथा आदिवासी जनजातिहरुको परम्परागत पेसालाई सुदृढ गरिने विषय पनि उपमहानगरपालिकाले आफ्नो उद्योग कार्यनीतिमा समावेश गरेको छ।

    एकल महिला, अपाङ्गता भएका व्यक्ति लैङ्गिक तथा अल्पसंख्यक र विपन्न महिलाहरुले सञ्चालन गरेका व्यवसायमा विशेष सहुलियतलाई निरन्तरता दिइने विषयमा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।

    अति विपन्न, रोजगारी गुमेका र वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुलाई उद्यमशीलता तथा सिप विकास तालिममार्फत उद्यमी बनाउने कार्यलाई निरन्तरता दिइने उपमहानगरले जनाएको छ। यसका साथै स्थानीय कच्चा पदार्थ, श्रम तथा सिपमा आधारित उद्योग र निर्यातजन्य उद्योगलाई प्रवद्र्धन गर्नुका साथै यस्ता उद्योगका लागि विभिन्न किसमका करछुटको समेत व्यवस्था गरिने उपमहानगरको कार्यनीति छ।

    स्थानीय जाती र जनजातीको भेषभुष संरक्षणका लागि तालिम समेत सञ्चालन गरिने भएको छ। नगर उपप्रमुख उद्यम विकास कोषमार्फत सञ्चालित सिपमुलक कार्यक्रममा आवद्ध भएर सफलता हासिल गरिरहेका महिला उद्यमीलाई सम्मान समेत गरिने भएको छ।

    उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि उद्योग कार्यनीति सार्वजनिक गरेको हो। गरिबी न्युनिकरण गर्न लघु उद्यम विकास कार्यक्रमबाट सिप हासिल गरी उद्यमी बनेका उद्यमीहरुका उत्पादन बजारीकरण कार्यलाई प्रवद्र्धन गरिने भएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij