Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

विनोद चौधरीलाई अम्बानीले दिए छोराको बिहेमा निम्तो

विनोद चौधरीलाई अम्बानीले दिए छोराको बिहेमा निम्तो

  • काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको कान्छा छोरा अनन्तको विवाह १२ जुलाईमा मुम्बईमा हुँदैछ । तीन दिन लामो यो विवाहको दोस्रो दिन यही जुलाई १३ गते शुभ आशीर्वाद कार्यक्रमको आयोजना गरिएको छ, जसमा सबै पाहुनाले नवविवाहित जोडीलाई आशीर्वाद दिनेछन् ।

    यसपछि जुलाई १४ मा रिसेप्शन हुनेछ, जसमा विश्वभरका भीभीआईपी अतिथिहरू सहभागी हुनेछन् । तीन दिनको यी कार्यक्रमहरू मुम्बईको जियो वर्ल्ड सेन्टरमा मात्र हुनेछन् ।

    त्यसका लागि अहिले अम्बानी परिवारले विश्वभरका धनाढ्यहरूलाई निम्तो पठाइरहेको छ । अम्बानीले आफ्ना छोराको विवाहमा नेपालका एक मात्र अर्बपति विनोद चौधरीलाई पनि निमन्त्रणा दिएका छन् ।

    चौधरीले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिँदै अम्बानीलाई धन्यवाद दिएका छन् । तर, विवाह समारोहमा चौधरी उपस्थित नहुने भएका छन् ।

    ‘बधाई छ, अनन्त र राधिका ! मुकेश दाई र नीता अम्बानी जीलाई तपाईंको छोराको विवाहमा दयालु रूपमा निम्तो दिनु भएकोमा हामी सम्मानित र कृतज्ञ छौं । मेरो छोरा वरूण र बुहारी अनुश्रीले यस खुशीको अवसरमा गर्वका साथ हाम्रो परिवारको प्रतिनिधित्व गर्नेछन् ।’ चौधरीले भने ।

    अनन्तको विवाहअघि संगीत समारोह सुरु भैसकेको छ । अन्तर्राष्ट्रिय गायक जस्टिन बिबरलेसमेत आएर प्रस्तुति दिइसकेका छन् ।

    अनन्तको विवाह राधिका मर्चेन्टसँग हुन लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij