Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

जेलबाट निकाल्न भन्दै साढे २ करोड लिने व्यक्ति कारागार चलान

जेलबाट निकाल्न भन्दै साढे २ करोड लिने व्यक्ति कारागार चलान

  • काठमाडौं। जेलबाट निकाल्न भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँ भन्दा बढी लिएर ठगी गरेको आरोपमा लागेका एक व्यक्ति कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–५ का ५० वर्षीय दीपक चौलागाइँ रहेका छन् ।

    images
    images
    images

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद आचार्यको आइतबारको इजलासले दीपक चापागाँइलाई ३२ लाख र उनकी श्रीमती रिता कुमारी चौलागाईँलाई २ लाख धरौटी माग गरेको थियो ।

    प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार रिताले भने २ लाख धरौटीमा बुझाएर रिहा भएको छ । दीपक भने धरौटी नबुझाएपछि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।

    ३३ करोड बिगो बुझाउन नसकी जेलमा रहेका केदाप्रसाद गौतमलाई जेलबाट निकालिदिन्छु भन्दै दीपकले २ करोड १५ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो ।

    जेलमै रहेका अर्का व्यक्ति ताराप्रसाद पाण्डेलाई पनि जेलबाट निकाल्छु भन्दै दीपकले ४८ करोड ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो । ताराप्रसादको भने डिल्लीबजार कारागारमै १७ माघ २०७८ मा मृत्यु भएको थियो । ठगीने दुबै कैदी बैंकिङ कसुरमा जेल परेका थिए ।

    यो ठगी प्रकरणमा अर्का व्यक्ति मीनबहादुर बस्नेतविरुद्ध पनि मुद्दा दायर भए पनि उनी भने फरार छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij