Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सामान्य अंकले घट्यो सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ४ दशमलव ६२ अंकले घटेर २१३६ दशमलव ३५ को विन्दुमा पुगेको छ ।
     
    आइतबार ३२४ कम्पनीको ५९ हजार ९ सय ७४ पटकको कारोबारमा १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँ रहेको छ ।
     
    त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ० दशमलव ७६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव २७ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ३० अंकले घटेको छ ।
     
    १३ उपसमूहमध्ये फाइनान्स, माइक्रोफाइनान्स र अन्य कम्पनी सामान्य बढ्दा १० वटा घटेको छ । आज सर्वाधिक घट्नेमा होटेल र पर्यटन रहेको छ । एनआरएन इनफ्रास्ट्रक्चर कम्पनीको कारोबार सर्वाधिक भएको छ ।
     
    आज समाज लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने एनआइसी एसिया डिभेन्चरले ६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, सिन्धु विकास बैंक र डोर्डी खोला जल विद्युत् कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
     
    आइतबार ९५ कम्पनीको मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ भने १० वटा स्थिर रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij