Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विभिन्न स्थानबाट लागुऔषधसहित सात जना पक्राउ

विभिन्न स्थानबाट लागुऔषधसहित सात जना पक्राउ

  • काठमाडौं । लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन्।

    onlinepatrika
    Arghakhachi

    बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-६ बस्ने २३ वर्षीय पदम बहादुर बुढामगर र २५ वर्षीय शंकर विक रहेका छन्। प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

    AGNI GROUP

    मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैंसे चोकबाट लागुऔषध गाँजा करिब ४ किलोग्राम सहित भिमफेदी गाउँपालिका-८ इपापन्चकन्या बस्ने ३१ वर्षीय भिम स्याङतानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले भिमफेदीबाट हेटौंडातर्फ जाँदै गरेको ना.४७ प १२२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। 

    झापा, दमक नगरपालिका-४ कृष्ण मन्दिर नजिकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम र नगद ६७ हजार ८ सय रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ बस्ने ३१ वर्षीय भानु वाह्रकोटी र मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने ३६ वर्षीय खगेन्द्र न्यौपाने रहेका छन्। इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट तारावारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

    यसैगरी झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचिपुलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-१ बस्ने २१ वर्षीय बिशाल श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

    कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित दार्चुला महाकाली नगरपालिका-४ बस्ने २१ वर्षीया आरती धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij