Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

एभरेष्ट हस्पिटलको सेवाबाट सयौं सेवाग्राही मख्ख

एभरेष्ट हस्पिटलको सेवाबाट सयौं सेवाग्राही मख्ख

  • काठमाडौं । एभरेष्ट हस्पिटलले बृहत रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्यक्रममा १ सय २६ जना व्यक्तिहरूले रगत दान गर्नुभएको थियो । यसबाट २७५ युनिट रगत संकलन भएको बताइएको छ । साथै, कुल ४ सय २१ बिरामीहरूले विविध सेवा लिनुभएको छ ।

    images
    images
    images

    निशुल्क आँखा जाँच शिविरमा १ सय ८९ जनाले निशुल्क सेवा लिनुभयो । निशुल्क मृगौला जाँच शिविरमा १ सय १२ जना, निशुल्क दन्त शिविरमा १ सय २२ जना र निशुल्क प्रयोगशाला परीक्षणमा १ सय ६४ जना व्यक्तिहरूले रगतको Blood Sugar, Blood Urea, Creatinine, Routine Urine परीक्षण गराए । निशुल्क Ultrasound सेवामा १ सय ५२ जनाले सेवा लिनुभएको छ ।

    एभरेष्ट अस्पतालका प्रशासन प्रमुख दिपक चन्द्र बरालका अनुसार 'सेवाग्राहीहरुको उत्साहजनक सहभागिता रह्यो । जसले हामीलाई स्वास्थ्य क्षेत्रमा सक्रिय हुन थप उर्जा दिएको छ ।'

    कार्यक्रममा निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, पुर्वमन्त्री तथा हाल बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष राम कुमार के.सी, काठमाडौं महानगरपालिका वडा नं. १० वडासदस्य निरोज अर्यालको सहभागिता थियो । 

    एभरेष्ट हस्पिटलद्घारा नेपालको पहिलो नेत्र चिकित्सक प्रो. डा. राम प्रसाद पोखरेल (आँखा बा) लाई सम्मान गरिएको थियो ।

    शिविरमा होस्टल व्यवसायी संघले महत्वपुर्ण सहयोगी भुमिका निर्वाह गरेको थियो । होस्टल व्यवसायी संघका केन्द्रिय अध्यक्ष सुनिल भेटवालले भने, ‘निस्वार्थ स्वास्थ्य सेवामा अग्रसर संस्थासँग समन्वय गर्न पाउनु हाम्रो लागि उत्साहजनक विषय नै हो । भेटवालले थपे, ‘होस्टलसँग जोडिएका छात्रछात्राहरु समेत यो सम्बन्धबाट लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।' होस्टल व्यवसायी संघ र एभरेष्ट हस्पिटलको चाँडै स्वास्थ्य सम्झौता हुने भएकोमा भेटवालले खुशी व्यक्त गरे । 

    everest 1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij