
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौं । इजरायली हवाई आक्रमणमा गाजामा रहेको इन्डोनेसियाली अस्पतालका निर्देशकको मृत्यु भएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजा शहरमा रहेको उनको घरमा इजरायली हवाई आक्रमणमा उनको मृत्यु भएको बताएको छ । उक्त आक्रमणमा उनका परिवारका धेरै सदस्यहरू पनि मारिएका छन् ।
मन्त्रालयले डा.मारवान सुल्तानको चिकित्सा क्षेत्रमा लामो करियर रहेको बताएको छ ।
इजरायली सेनाले गाजामा “प्रमुख हमास आतंककारी” लाई प्रहार गरेको बताएको छ र आक्रमणमा “निर्दोष नागरिकहरू” घाइते भएको दाबीको समीक्षा भइरहेको बताएको छ ।
यसैबीच, अल-मवासी ‘सुरक्षित क्षेत्र’ मा भएको आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने बालबालिका सहित धेरै जना घाइते भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij