
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव २७ अंकले बढेर २१४० दशमलव ९७ को विन्दुमा पुगेको छ ।
आइतबार ३२५ कम्पनीका ८० हजार ८ सय ३८ पटकको कारोबारमा १ करोड ४० लाख १४ हजार ६ सय २२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब २९ लाख ३१ हजार ८ सय ५४ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव २९ अंकले बढेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०३ अंकले बढेको छ ।
१३ उपसमूहमध्ये विकास बैंक, फाइनान्स कम्पनी र अन्य कम्पनीहरू घटेका छन् भने सबैभन्दा बढी होटेल पर्यटन र जीवन बीमा बढेको छ । १५० कम्पनीको सेयर भ्यालु बढ्दा ८२ कम्पनीको घटेको छ । त्यस्तै, १५ वटा स्थिर रहेको छ ।
आइतबार सीइडीसी हाइड्रोपावर, नेशनल लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लगायतका कम्पनीहरूको लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । सर्वाधिक कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर र डेभलपमेन्ट कम्पनी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij