
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । सशस्त्र प्रहरीको गोताखोर टोलीले नारायणी नदीको भंगालोमा फसेका दुई जनालाई गएराति सकुशल उद्धार गरेको छ ।
गैंडाकोट नगरपालिका–५ बस्ने ५० वर्षका ओम बहादुर गुरुङ र ४२ वर्षका खुमबहादुर गुरुङको उद्धार गरेका छन् । उद्धार गरिएकाहरुमा बाढीमा फसेका ३५ वर्षका रमेश बोट भने आफैं पौडिएर निस्किएका थिए ।
उनीहरु नवलपरासीको गैंडाकोट नगरपालिका–६ बुटवलबजारस्थित नारायणी नदीमा माछा मार्ने क्रममा फसेका थिए । घटनाबारे जानकारी पाए पश्चात् सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट १५ जनाको टोली खटाइएकोमा उद्धार हुन नसकेपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोली पठाइएको थियो ।
गोताखोरको टोलीले पाँच घण्टाको प्रयासपछि शनिबार राति सवा १० बजे सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij