Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

काठमाडौं महानगर-८ मा खुला व्यायामशाला र बालबालिकाका लागि पार्क

काठमाडौं महानगर-८ मा खुला व्यायामशाला र बालबालिकाका लागि पार्क

  • काठमाडौं । काठमाडौं महानगरपालिका- ८ ले बालबालिकाका लागि बाबु छिरिङ् चिल्ड्रेन पार्क र युवा तथा प्रौढका लागि खुला व्यायामशाला शुभारम्भ गरेको छ । वडाको तिलगंगा क्षेत्रमा पार्क निर्माण गरिएको छ भने पिङ्गलास्थान, भण्डारखाल, गुह्येश्वरी लगायतका खुला स्थानमा व्यायामका साधन तथा उपकरण राखिएको छ ।

    सहरी जीवनशैलीलाई सक्रिय बनाउन खुला स्थानमा जान सक्ने वातावरण बनाउन प्रयास थालिएको छ । वडाध्यक्ष आशामान संगत भन्छन्, ‘सार्वजनिक स्थलको उपयोग बढ्न थालेपछि व्यक्ति व्यक्ति बिचको सम्बन्ध पनि नजिक हुन्छ । शारीरिक अभ्यासले स्वस्थ्य रहन मद्दत गर्छ । यसले जनस्वास्थ्य र पर्यावरण दुवै क्षेत्रमा लाभ दिन्छ ।’

    उनका अनुसार करिब ७२ हजार लागतमा पार्क र करिब ७ लाख १० हजार लागतमा खुला व्यायामशालाका साधन तथा उपकरण खरिद गरिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij