
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । काठमाडौंको नक्सालमा भएको ट्याङ्कर र स्कुटरको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नक्सालस्थित म्यारियट होटल सडकमा बा.२ ख ९६२३ नम्बरको ट्याङ्करले बा.प्र.०२–०४३ प २१२९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि स्कुटरमा सवार काठमाडौं सितापाईला बस्ने ६१ वर्षीय ध्वोज बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij