
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । काभ्रे भकुण्डेबेँसीमा रहेको एक हार्डवेयर पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गएराति साढे ११ बजे भकुण्डेबेँसी बजारस्थित गोविन्द अधिकारीको घरमा स्थानीय महेश आचार्यले सञ्चालन गरेको सुप्रिमा पेन्ट्स एण्ड हार्डवेयर पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मध्यराति एक्कासी आगलागि हुँदा तीनतले घरको भुइँ तलाको ४ वटा कोठामा सञ्चालित हार्डवेयर र रङका सबै सामान पूर्ण रुपमा जलेर नष्ट भएको छ । डेढ घण्टा लगाएर स्थानीयवासी, प्रहरी र नेपाली सेनाले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij