Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट इरानी दम्पत्ति पक्राउ

अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट इरानी दम्पत्ति पक्राउ

  • काठमाडौं । अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इरानी दम्पत्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागरिक ४० वर्षीय र उनकै श्रीमती ३५ वर्षीया रहेका छन् । उनीहरूको नाम खुलाइएको छैन ।

    images
    images
    images

    श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंका जान लागेका उनीहरूको ह्‍याण्ड ब्यागमा विभिन्न मुद्रा बरामद गरिएको हो ।

    उनीहरूको साथबाट १२ हजार ५ सय अमेरिकी डलर, ४ हजार २ सय पाउण्ड स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारू र ८ लाख ४० हजार श्रीलंकन रूपी बरामद गरिएको प्रहरीले जनाएको छ ।

    थप अनुसन्धानका लागि उनीहरूलाई राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij