Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

हलिउड अभिनेता बिल कोब्सको निधन

हलिउड अभिनेता बिल कोब्सको निधन

  • काठमाडौं । हलिउड अभिनेता बिल कोब्सको निधन भएको छ । डेमोलिसन म्यान, द्याट थिङ्स यु डु, एयर बड जस्ता हिट फिल्मका अभिनेता कोब्सको ९० वर्षको उमेरमा निधन भएको परिवारका सदस्यलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

    कोब्सका भाइ थोमसले फेसबुक पोस्टमार्फत जानकारी दिंदै आफ्ना दाजु बिलको क्यालिफोर्नियास्थित घरमा मंगलबार निधन भएको पुष्टि गरेका छन् ।

    उनले लेखेका छन्, ‘प्रिय मित्र, दाजु, अभिभावक, गडफादर बिलले भर्खरै खुसीसाथ आफ्ना प्रियजनहरुमाझ खुसीसाथ आफ्नो ९० औं जन्मदिन मनाएर बिदा भए ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij