
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९ सय रूपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य तोलामा २५ रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij