Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

चट्याङ लागेर झापामा दुई जनाको मृत्यु

चट्याङ लागेर झापामा दुई जनाको मृत्यु

  • काठमाडौं । झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए । 

    images
    images
    images

    कमल गाउँपालिका-२ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्कालाई बिहान करिब ७ बजे चट्याङले लागेको हो । घरबाट खेत जानेक्रममा चट्याङ लागेर घाइते भएका उनलाई आम्दा अस्पताल दमक पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    त्यस्तै बिहान पौने ९ बजे गौरीगंज गाउँपालिका-३ ठेकिटोलामा ४२ वर्षीय लिला भन्ने विकास गिरीलाई चट्याङले लागेको थियो ।

    वडा नम्बर ८ बस्ने उनलाई ठेकिटोलामा सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा चट्याङले लागेको थियो ।उनको घटनास्थलमै मृत्यु भएको डिएसपी कृष्ण चन्दले बताए । 

    दुबै घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij