
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । दार्चुलाको लेकम गाउँपालिकाकी-४ दमसैनाकी एक महिला सोमबार (आज) बैतडीमा मृत फेला परेकी छन्। तीन दिनदेखि बेपत्ता रहेकी २२ वर्षीया हेमन्ती गिरी मृत अवस्थामा फेला परेकी हुन् ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार हेमन्तीको शव बैतडीको दशरथचन्द नगरपालिका -६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा फेला परेको हो। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
यही असार ८ गते घरबाट हराएकी हेमन्तीको शव सोमबार फेला परेको हो । उनी महिला विवाहित रहेको खुल्न आएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij