Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५ दशमलव ३७ अंकले घटेर २०६२ दशमलव ९४ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आइतबार ३१७ कम्पनीका ६१ हजार ५ सय १३ पटकको कारोबारमा ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४ सय ५८ रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ० दशमलव ६३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ३६ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १५ अंकले घटेको छ ।

    १३ उपसमूहमा फाइनान्स, अन्य र व्यापार कम्पनी बढेको छ भने बाँकी १० वटा घटेको छ । आज फाइनान्स कम्पनी सर्वाधिक बढेको छ । भने, होटेल र पर्यटन सर्वाधिक घटेको छ ।

    आइतबार पोखरा फाइनान्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij