
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सुनको मूल्य आज तोलामा एक हजार ९ सय रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन भने प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij