
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । ह्वीप उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरूद्ध फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुगेका छन् । गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता देवकोटाले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनले यही जेठ २८ गते माओवादी संसदीय दलको निर्णयविरूद्ध मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादी केन्द्रले कारबाही गरेको थियो ।
माओवादीको कारबाही गर्ने निर्णय जेठ ३२ गते सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।
देवकोटाले रिटमा माओवादी संसदीय दलले गरेको कारबाही र सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभामा वाचन गरेको पत्र खारेज गर्न माग गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij