Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

भारतमा विद्युतीय स्कुटर चोरेको आरोपमा नेपाली पक्राउ

भारतमा विद्युतीय स्कुटर चोरेको आरोपमा नेपाली पक्राउ

  • काठमाडौं । भारतमा विद्युतीय स्कुटर चोरी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।

    ९८ हजार रूपैयाँ बराबरको विद्युतीय स्कुटर चोरी गरेको आरोपमा गोवा राज्यको पणजी शहरको प्रहरीले बुधबार दुई नेपालीलाई पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

    पणजी निवासी ५० वर्षीय सिभिल ठेकेदार दामोदर नाइकको उजुरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । नाइकले अल्टिन्होको खुला ठाउँमा पार्किङ गरेको आफ्नो विद्युतीय स्कुटर चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

    पणजी टाउन पुलिस स्टेशनले प्राविधिक निगरानी र सीसीटीभी फुटेजमार्फत् जानकारी सङ्कलन, र आरोपीको पहिचान गरी पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा १९ वर्षीय वसन्त मिजार र विशाल गुरूङ छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको पणजीका पीआई विजयकुमार चोडङ्करले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij