
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। सुनको मूल्य सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य भने मंगलबार सामान्य बढेको छ। मंगलबार चाँदी तोलाको १५ बढेर तोलामा १८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij