Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न 

चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न 

  • काठमाडौँ । बैतडीको डिलाशैनी गाउँपालिकामा चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न भएको छ । आइतबारदेखि शुरु भएको सो सम्मेलन सोमबार सम्पन्न भएको हो ।  

    images
    images
    images

    राष्ट्रियता संरक्षण अभियानको आयोजना र डिलाशैनी गाउँपालिकाको मुख्य प्रवद्र्धनमा सम्मेलन सम्पन्न गरिएको हो । सम्मेलनमा नेपाल तथा भारतका साहित्यानुरागी व्यक्तिहरुको सहभागिता रहेको थियो । दुई दिन सम्म चलेको सम्मेलनमा साहित्यका विविध बिषयमा छलफल र प्रस्तुती गरिएको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताए । 

    लेखककाअनुसार सम्मेलनको अवसरमा विभिन्न ठाउँका साहित्यकारहरुद्वारा लिखित तीनओटा पुस्तकको विमोचन गरिएको थियो । स्थानीय कला, भाषा र संस्कृतिको संरक्षणका लागि सम्मेलनको आयोजना गरिएको हो । 

    गंगादशहराको दिनलाई चर्मण्वती दिवसको रुपमा मनाउने गरिएको र त्यसैको अवसरमा सम्मेलनको आयोजना गरिएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । चर्मण्वती सभ्यताको बिषयमा सबैलाई जानकारी दिने र चौलानी तटका पालिकाहरुलाई चर्मण्वती सभ्यतामा जोड्नका लागि सम्मेलनको आयोजना गरिएको उनले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij