Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

आन्दोलनरत ट्याङ्कर चालक र सरकार बिच सहमति

आन्दोलनरत ट्याङ्कर चालक र सरकार बिच सहमति

  • काठमाडौँ । आन्दोलनरत ट्याङ्कर चालक र सरकार बिच सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले सोमबार राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो ।

    images
    images
    images

    १५ दिनमा समितिले अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । ट्याङ्कर चालक र सरकार बिच सहमति भएसँगै तेल आपूर्ति पनि सुरु भएको छ । 

    आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरूले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरणमा अभाव भएको थियो । आफ्ना ट्याङ्कर मालिकसँग राख्नुपर्ने माग उनीहरूले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष राख्दै आन्दोलनमा उत्रिएका थिए ।

    मन्त्रालय र संघबिच चालकहरूका माग सम्बोधन गर्ने गरी सहमति भएपछि चालकहरूले आन्दोलन फिर्ता लिएका छन् । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij