
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । संगठित अपराध गरेको आरोपमा प्रहरीले गोकर्णेश्वरको जोरपाटीबाट तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका आदर्श क्षेत्री, अस्मिता खत्री र राजु सुनारलाई आज दिउँसो प्रहरी वृत्त बौद्धबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार, उनीहरूमाथि संगठित अपराधको आरोपमा जाहेरी परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका तिनैजनालाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij