
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नौगाड गाउँपालिकाले गोबर परिक्षण गर्न ल्याब सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले गाई भैसी, बाख्रा, भेडामा देखिने विभिन्न रोगको पहिचान गर्न ल्याब सञ्चालन गर्ने भएको हो ।
गाई भैसी, बाख्राभेडामा देखिने विभिन्न रोगको पहिचान गर्न प्रयोगशाला स्थापना गर्न लागिएको हो । गाउँपालिकाले गोबर परिक्षण गर्न प्रयोगशालामा चाहिने आवश्यक उपकरणसहित व्यवस्थापन अन्तिम चरणमा पुगेको कृषि तथा पशुपन्छी
विकास शाखाका अधिकृत प्रकाशसिंह धामीले अनलाइन पत्रिकालाई जानकारी दिए ।
उनकाअनुसार चालुआर्थिक २०८१ /८२ मा प्रयोगशालामा चाहिने फ्रिज, रसायन, सुइसहित आवश्यक सर्जिकल तथा अन्य उपकरणको ब्यवस्थापन भएको छ । साउनमहिनादेखि नै ल्याबमा गोबर परिक्षण कार्य सञ्चालन गर्न लागिएको उनले जानकारी बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij