Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

  • सिराहा । धनगढी नगरपालिका-८ कसाह चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । तीव्र गतिमा रहेको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एकको घटना स्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    पूर्वपश्चिम राजमार्गमा पर्ने धनगढी नगरपालिका-८ कसाह चोकमा प्रदेश २-०३-००१ ख ३७८५ नम्बरको ट्रकले स.५ प १९९० नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर  दिएको थियो ।

    मोटरसाइकल चालक ३० वर्षीय राजेश्वर यादव र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने श्याम सुन्दर यादवका छोरा १३ वर्षीय लालबाबु यादव रहेका जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

    ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij