Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

रुसका दुई जेल कर्मचारी आइएस कैदीको बन्धकमा

रुसका दुई जेल कर्मचारी आइएस कैदीको बन्धकमा

  • काठमाडौं । दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार घोषणा गरेको छ ।

    “रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा कैदीहरूले दुई जेल कर्मचारीलाई बन्धक बनाएका छन् । बन्धकहरूको रिहाइका लागि वार्ता भइरहेको छ“, उनीहरूले एक विज्ञप्तिमार्फत जानकारी गराए ।

    राज्य समाचार एजेन्सी तासका अनुसार बन्धक बनाउनेहरू आतङ्कवादको आरोपमा अदालतमा उपस्थित बाँकी आइएसका सदस्यहरू मध्येका हुन् । जिहादी सङ्गठनले रुस लक्षित थुप्रै आक्रमण गरेको छ ।

    २२ मार्चमा मस्को नजिकैको कन्सर्ट हलमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तिमा १४४ जनाको मृत्यु र सयौँभन्दा बढी घाइते भएका थिए । यो आक्रमण दुई दशकमा रुसी भूमिमा भएको सबैभन्दा घातक आक्रमण थियो ।

    आइएसले आक्रमणको जिम्मेवारी लिएको थियो । त्यसपछि पूर्व सोभियत गणतन्त्र ताजिकिस्तानका चार संदिग्ध आक्रमणकारीसहित २० जनाभन्दा बढीलाई पक्राउ गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij