Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव ०४ अंकले घटेर २०९५ दशमलव २५ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आइतबार ३१७ कम्पनीका ७१ हजार ९ सय ९७ पटकको कारोबारमा १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१ रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ३ दशमलव २५ अंकले घटेर ३७० दशमलव ९३ को विन्दुमा पुगेको छ भने फ्लोट इन्डेक्स १ दशमलव १९ अंकले घटेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २४ अंकले घटेको छ ।

    १३ उपसमूहमध्ये १२ वटा घटेको छ भने होटेल र पर्यटन क्षेत्र झिनो अंकले बढेको छ । आज सर्वाधिक घट्नेमा माइक्रोफाइनान्स र निर्जीवन बीमा कम्पनी रहेको छ । जुन क्रमशः ८० दशमलव ५६ अंक र ६८ दशमलव २१ अंकले घटेको छ ।

    आज नेपाल फाइनान्स लिमिटेडले सर्वाधिक कमाएको छ । जसको कारोबार रकम ३० करोड ४० लाख ५३ हजार ४ सय ९२ रुपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij