Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा दोस्रो पटक निर्वाचित

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा दोस्रो पटक निर्वाचित

  • काठमाडौं । दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा फेरि निर्वाचित भएका छन् । दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेसनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबीच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक सिरिल रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको छ ।

    images
    images
    images

    दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर-राइट डेमोक्रेटिक एलायन्स (डीए) र साना दलहरू सामेल छन् ।

    विजयपछिको भाषणमा रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गरे । उनले भने, “नेताहरूले हाम्रो देशका सबैको हितका लागि मिलेर काम गर्नेछन् भन्ने मतदाताहरूले अपेक्षा गरेका छन् ।”

    चर्को राजनीतिक नाटकका बीचमा यो सम्झौता भएको हो । एएनसीका महासचिव फिकिले म्बालुलाले गठबन्धन सम्झौतालाई “उल्लेखनीय कदम” भनेका छन् ।

    रामाफोसा सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सत्ता संघर्षपछि ज्याकोब जुमालाई राष्ट्रपति र एएनसी नेताको रूपमा प्रतिस्थापित गरे । उनी फेरि अध्यक्ष बन्न सफल भए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij