
Apr 22 2025 | २०८२, वैशाख ९ गते
चितवन । कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । गएराति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट दुई जना व्यक्ति आएर करिब तीन किलो सुन, ३५ किलो चाँदी र २ लाख नगद लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij