Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो


  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एकले घटाएको हो । शनिवारको निर्णयानुसार निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

    images
    images
    images

    निगमले घटेको मूल्य आइतबार (आज) राति १२ बजेदेखि लागू हुने जनाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत धनगढी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्जमा एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा एक सय ६५ मूल्य कायम भएको छ ।

    त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एक सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत रु एक सय ५१ र तेस्रो वर्गअन्तर्गत रु एक ५२ मूल्य कायम गरिएको निगमले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij