
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । झापामा दुई जना बच्चा र आमा मृत फेला परेका छन् । शिवसताक्षी नगरपालिका–३ स्थितशुक्रबार बिहान एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष मृत फेला परेका छन् ।
आमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । विशाल र आयुष बेडमा मृत भेटिएका हुन् ।
घटनास्थलमा वाकवाकी गरिएको समेत देखिएको छ । विषादीको गन्ध आइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij