
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । कन्नड चलचित्र उद्योगका चर्चित अभिनेता दर्शन थोगुदीपलाई एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । हत्या गरिएका व्यक्तिले अभिनेताका एक अभिनेत्री साथीलाई अपमानजनक सन्देश पठाएको आरोप छ ।
चित्रदुर्ग जिल्लाका ३३ वर्षीय रेणुका स्वामीको शव बैंगलुरुको नालीमा फेला परेको थियो । उनको जुन ८ मा हत्या भएको र जुन ९ गते शव फेला परेको अनुमान गरिएको छ । यस हत्याकाण्डमा दर्शन, उनकी अभिनेत्री साथी पवित्रा गौडासहित १० जनाको नाम छ ।
रेणुका स्वामीले अभिनेत्री पवित्रालाई अश्लिल म्यासेज पठाएकी थिइन् । अभिनेत्री दर्शनको नजिकको साथी मानिन्छिन् । बैंगलुरुका प्रहरी आयुक्त बी दयानन्दले बीबीसी हिन्दीलाई भने, ‘पक्राउ परेकाहरूमा दर्शन र पवित्रा गौडा पनि छन् ।‘
दर्शनका हिट फिल्महरूमा अनाथरु, क्रान्तिवीर संगोली रायन्ना र कटेरा पर्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij