Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

काभ्रेमा रडले हानेर महिलाको हत्या

काभ्रेमा रडले हानेर महिलाको हत्या

  • काठमाडौं । काभ्रेमा रडले हानेर एक महिलाको हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    यही जेठ २४ गते काभ्रेको तेमाल गाँउपालिका- २ काफल डाँडामा सोही ठाउँकी ५७ वर्षीया साहिली तामाङको शव फेला परेको थियो ।

    साहिलीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका मानध्वज तामाङलाई पक्राउ गरेको हो । उनले फलामको रडले शरीरका विभिन्न भागमा प्रहार गरेर साहिलीको विभत्स ढंगले हत्या गरेको अनुसन्धनको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    उनको साथबाट फलामको रडसमेत प्रहरीले बरामद गरेको छ । पक्राउपछि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij