Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

सभामुखसँग यूएईका राजदूतको शिष्टाचार भेट, के बिषयमा कुरा भयो ?

सभामुखसँग यूएईका राजदूतको शिष्टाचार भेट, के बिषयमा कुरा भयो ?

  • काठमाडौं । सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गरेका छन् ।

    images
    images
    images

    भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत् सम्बन्ध रही आएकोमा सन्तुष्टि व्यक्त गरेका थिए ।

    उनले यूएईले‍ स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिए ।

    सभामुख घिमिरेले ठूलो संख्यामा नेपाली जनतालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा यूएई सरकारको प्रशंसा गर्दै उनीहरुको रोजगार तथा जीवन सुरक्षाकालाई विशेष ध्यान दिन अपिल गरे । यूएईमा मात्रै करिब ४ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।

    सभामुखले हालै काठमाडौंमा सम्पन्न तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागी भएकोमा यूएईलाई धन्यवाद व्यक्त गरे । उनले नेपालबाट अलैंची, चिया लगायतका कृषिजन्य उत्पादन निर्यातको प्रचुर सम्भावना रहेको बताउँदै आवश्यक सहजीकरणका लागि आग्रह गरे ।

    यूएईका राजदूत अलसाम्सीले यूएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुखले निकट भविष्यमा नै नेपाल भ्रमण गर्ने जानकारी गरे । उनले गत वर्ष नै भ्रमण तय भए पनि निर्वाचनका कारण भ्रमण पछि सरेको उल्लेख गरे ।

    अलसाम्सीले दुई मुलुकबीच भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकार र संघीय संसद्‌को भूमिका अपेक्षित रहेको बताए । उनले यूएई निर्माणका लागि नेपाली नागरिकले दिएको योगदानलाई आफ्नो मुलुकले सदा स्मरण गर्ने समेत उल्लेख गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij