
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । लामो समयदेखि घटिरहेको साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उछाल आएको छ ।
आज नेप्से परिसूचक ३३ दशमलव १५ अंकले बढेर २११५ दशमलव २४ को विन्दुमा पुगेको छ । मंगलबार ३११ कम्पनीका ७४ हजार ८ सय ७७ पटकको कारोबारमा १ करोड २६ लाख ६५ हजार ३ सय २९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ४ दशमलव १८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २ दशमलव ५२ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ६६ अंकले बढेको छ । १३ उपसमूहमध्ये सबै हरियाली भएका छन् भने निर्जीवन बीमा कम्पनी र बीमा कम्पनीहरू सर्वाधिक बढेका छन् ।
मंगलबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलोपमेन्टले सर्वाधिक कमाएको छ । जसको कारोबार रकम ३६ करोड ३० लाख ९२ हजार ९ सय १० रुपैयाँ कमाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij